धादिङ,०१ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहेको छ ।४ मंसिरमा हुने निर्वाचन सहभागि हुने मतदातालाई मतदान गर्न सहज बनाउन धादिङसहित देशैभर सुरक्षाकर्मीहरु खटिएका छन्।
११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको धादिङमा एक हजार ६८८ जना म्यादी प्रहरीसहित २ हजार ५ सय सुरक्षाकर्मी खटिएका छन् । ११४ वटै मतदान केन्द्रमा आजसम्म सुरक्षाकर्मी पुगिसक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो।
निर्वाचन केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको कुल ११४ मतदान स्थल मध्ये १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।भयरहित वातावरणमा निर्वाचन गराउन सक्षम रहेकोे भन्दै निर्धक्क भएर मताधिकार प्रयोग गर्न प्रहरीले सबैलाई आग्रह गरेको छ ।
धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् । जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् ।
धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ ।
जसमा क्षेत्र नं १ को ‘क’ मा ७३ हजार १५७ मतदाता, २८ मतदान स्थल र ७९ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ५९ हजार १९७ मतदाता, २५ मतदान स्थल र ६९ मतदान केन्द्र रहेको छ ।
त्यसैगरी क्षेत्र नं २ को ‘क’ मा ७० हजार ७०१ मतदाता, २५ मतदान स्थल र ७८ मतदान केन्द्र रहेको छ भने ‘ख’ मा ६२ हजार ९४१ मतदाता, ३६ मतदान स्थल र ७७ मतदान केन्द्र रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |