धादिङ,०१ मंसिर ।
नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार भूमि त्रिपाठीले धादिङको विकासमा एमालेको विकल्प अरु पार्टी हुन नसक्ने बताउनुभएको छ ।बिहिबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा भएको मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले यस्तो बताउनुभएको हो ।
उहाँले एमाले नेतृत्वमा आए मुलुकलाई सहि दिशा र गन्तव्यमा पुराउन सकिने बताउनुभयो ।मुलुकको विकास र समृद्धिका लागि एमालेले काम गरेको भन्दै राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको वताउनुभयो ।
उहाँले आफ्नो ५ बर्षे कार्यकालमा बिबिध काम भएकोले अब समृद्धिसँग जोड्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । कार्यक्रममा एमाले धादिङको जिल्ला तहका नेताहरु, नेकपा एमाले गाउँ कमिटिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।
यसैगरी धादिङ क्षेत्र नम्बर १(२) का प्रदेश सभा उम्मेदवार ईन्जिनियर गनेन्द्र थपलियाले आज बेनिघाट रोराङको शितलबजार र सिद्धलकेको मावि खोला, बुङचुङ, कालिदह,सुविटार लगाएतका क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |