धादिङ,०१ मंसिर ।
धादिङ क्षेत्र नं १ प्रतिनिधिसभा क्षेत्रका उम्मेदवार एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डेले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । विगतमा आफूले गरेको विकासको काम र योगदानलाई हेरेर मतदाताले मत जाहेर गर्ने बताउँदै पाण्डे आफ्नो जीत सुनिश्चित भएको बताउनुभयो।
धादिङको वहु क्षेत्रको विकासमा आफूले काम गरेको दाबी गर्ने पाण्डे आगामी दिनमा बुढिगण्डकी आयोजना निर्माण, समानान्तर राजमार्ग र कृषि विश्वविद्यालय स्थापना गर्ने मुख्य काम रहेको बताउनुहुन्छ । २०४३ सालमा जिल्ला पञ्चायतको सभापति हुनुभएका राजेन्द्र प्रसाद पाण्डे त्यसयता २०४८, ५१, ५६ र ७० मा प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७४ सालको आम निर्वाचनमा भने पाण्डे बाग्मती प्रदेशसभाका लागि निर्वाचित हुनु भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा भने पाण्डे नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेलसँग पराजित हुनु भएको थियो ।
पटक पटक संसदीय निर्वाचनमा विजयी भएका पाण्डे यस पटकको निर्वाचनमा पनि विजयी हुनेमा ढुक्क देखिनुहुन्छ । सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्नु भएका पाण्डेले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गर्नुभएको छ । धादिङ जिल्लाको विकासमा सँधै आफ्नो ध्यान रहेको र काम पनि गरेको पाण्डेको दाबी छ ।
यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार शालिकराम जम्कट्टेलले विकासका मुद्दाहरुमा अरुको भन्दा फरक धारणा रहेको बताउनु भएको छ ।देशमा अहिले चलिरहेको मोडललाई परिवर्तन गरेर विशेष विकासका योजनाहरु एक वर्षमा एउटा क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्दै जम्कट्टेलले एकिकृत रुविभ्यालीको योजना पनि नयाँ र फरक मोडलको योजना रहेको बताउनु भयो ।
जम्कट्टेलले आफ्नो कार्यकालमा प्रदेश सरकारको तर्फबाट सडक, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा धेरै काम गरेको दाबी पनि गर्नु भएको छ ।जनताका अपेक्षा अनुसार विकास निर्माणमा काम गरेको र संविधानको रक्षा र स्थीरताका लागि गठवन्धन निर्माण गरेर अघि बढेकाले आफ्नो जीत सुनिश्चित रहेको बताउनु भयो । २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी हुनु भएका जम्कट्टेल २०७४ सालको निर्वाचनमा प्रदेशसभा २ बाट विजयी हुनु भएका थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |