धादिङ,०३ मंसिर ।
भोलि आईतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि धादिङमा ११४ मतदान स्थल र ३०३ वटा मतदान केन्द्र रहेको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले जिल्लाको कुल ११४ मतदान स्थल मध्ये १०४ वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।
सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरी १०४ स्थललाई अतिसंवेदनशीलको सूचिमा राखिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको हो । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो ।
अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले बताउनुभयो । मतदान अधिकृत, मतदानस्थलमा खटिएका कर्मचारी र मतदानमा खटिएका सुरक्षाकर्मीलाई अवान्छित गतिविधि हुन नदिन निर्देशन दिइएको पनि बताउनुभयो ।
धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।file photo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |