धादिङ,०३ मंसिर ।
भोलि आईतबार हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनका लागि धादिङमा २ हजार ४ सय २२ कर्मचारी खटिएका छन् ।
दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको धादिङमा जिल्लाभर ३०३ जना मतदान अधिकृत,३०३ जना सहायक मतदान अधिकृत खटाईएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै मतदानका लागि जिल्लाभर १५ सय १३ जना सहायक कर्मचारी र ३०३ जना कार्यालय सहायक खटाईएको छ । प्रत्येक मतदान केन्द्रमा स्वयंसेवकहरु पनि परिचालन गरिएकोे श्रेष्ठले बताउनुभयो ।
यसैगरी निर्वाचन आयोगले धादिङ जिल्ला कारागारलाई अस्थायी मतदान केन्द्र तोकेको छ ।अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मात्रैको मतदान गर्न सकिने आयोगले जनाएको छ ।
जिल्लामा १ लाख ३५ हजार ४०१ पुरुष र १ लाख ३० हजार ५९४ महिला र १ जना अन्य मतदाता गरी २ लाख ६५ हजार ९९६ मतदाता निर्वाचनमा सहभागी हुनेछन् । धादिङमा आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन्।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |