धादिङ,०५ मंसिर।
धादिङ क्षेत्र नम्बर १ को मतगणना केहीबेरमा सुरु हुने भएको छ ।आइतबार रातीसम्म मतपेटिका संकलन गरि सकिएपनि मतगणनामा भने ढिलाई हुने भएको छ।
मतगणनाका लागि सर्वदलिय बैठक बसेर विधि तथा सामान्य नियमहरु तय गरिनु पर्ने भएकोले बिहान ८ बजे उम्मेदवार प्रतिनिधि र दलका प्रतिनिधिहरुको बैठक सुरु भएको गल्छी स्थित क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो।
धादिङ क्षेत्रनम्बर १ मा १ लाख ३२ हजार ३ सय ५४ मतदाता रहेकोमा ८१ हजार १ सय १६ जनाले मतदातान गरेका छन्। दल र उम्मेदवारहरुको बैठकपछि गल्छीमा २ स्थानमा मतगणना गरिने तयारी भएको छ।
गत स्थानीय निर्वाचनमा लगाइएको जाली समेत बाँकी रहेको र अर्को स्थानमा समेत मतगणनाका लागि सुरक्षित हुनेगरि निर्माण गरिएको र मतदान स्थलमा सिसि क्यामरा जडान गरि तयारी अवस्थामा रहेको छ ।
धादिङ क्षेत्रनम्बर २ को भने मतपेटिका धादिङबेसी मुख्य निर्वाचनको कार्यालयमा आइपुगेपछि मतगणना गरिने छ। रुवी भ्याली गाउँपालिकाको हिमाली क्षेत्रको मतपेटिका सोमबार दिउँसोमात्र आइपुग्ने छ। धादिङमा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतदानमा ५५.९५ प्रतिशत मत खसेको छ ।
धादिङमा दुई लाख ६५ हजार ९९६ मतदाता रहेकोमा १ लाख ४८ हजार ८ सय ३९ मत खसेको निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत सन्तोष कुमार कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा ७० हजार १ सय ६३ महिला र ७८ हजार ६ सय ७६ जना पुरुषले मतदान गरेका छन् । ११४ मतदान स्थल अन्तर्गत ३०३ मतदान केन्द्र र १ अस्थायी मतदान केन्द्रबाट मतदान भएको श्रेष्ठले बताउनुभयो । अस्थायी मतदान केन्द्र अन्तरगत जिल्ला कारागार धादिङबाट ६१ जना कैदीबन्दी सहित ११२ जनाले मतदान गरेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |