

धादिङ,०८ मंसिर ।
धादिङको क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकटेल बिजयी भएका छन् ।
जम्मकटेल ७ हजार ४२७ मतान्तरले विजयी भएका हुन् । धादिङ क्षेत्र नम्बर १ को प्रदेश सभा ख मा कुल ६२ हजार ९४१ मतदाता रहेकोमा २९ हजार ६७९ मत खसेको थियो । बिजयी जम्मकटेलले १९ हजार ९०३ प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गजेन्द्र थपलियाले १२ हजार ४७६ प्राप्त गरे ।
धादिङको यस क्षेत्रमा एमाले एक्लै चुनावी मैदान थियो भने सत्ता गठबन्धनका तर्फबाट नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो ।
बिजयी जम्मकटेल यसअघि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीलाई पराजित गरेका थिए ।
माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य रहेका जम्मकटेलले बागमती प्रदेश सरकारमा दुई वटा मन्त्रालय सम्हालिसकेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |