धादिङ,०८ मंसिर ।
धादिङ क्षेत्र नं १ को प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एसका राजेन्द्र पाण्डे बिजयी भएका छन् । पाण्डेले एमालेका भुमि त्रिपाठीलाई ७ हजार ९८१ मत अन्तरले हराउदै बिजयी भएका हुन् ।
पाण्डेको ३५ हजार ९३४ मत आउँदा त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरेका छन् ।रास्वपाका हिमेश पन्तले १२ हजार ४७५मत प्राप्त गरे। धादिङ–१ मा १ लाख ३२ हजार ३५४ मतदाता रहेकोमा ८० हजार २६ मत खसेको थियोे।खसेको मतमा २ हजार ६३३ मत बदर भएको छ।
यसैगरी क्षेत्र नं १ को प्रदेश सभा (क) मा काँग्रेसका मधुकुमार श्रेष्ठले एमालेका रमेश आचार्यलाई हराए । श्रेष्ठले १७ हजार ८३२ मत ल्याउँदा आचार्यले १६ हजार ५३८ मत पाए । प्रदेश सभा (ख) बाट माओवादीका शालिकराम जम्मकटेल निर्वाचित भएका छन् ।
उनले एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२७ मत अन्तरले हराएका हुन् । जम्मकटेलको १९ हजार ९०३ मत आउँदा थपलियाले १२ हजार ४७६ मत आएको छ । धादिङको यस क्षेत्रमा प्रतिनिधि तर्फ एमाले राप्रपाको तालमेल थियो भने प्रदेशमा एमाले एक्लै चुनावी मैदानमा थियो ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि र प्रदेशमा नै नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो । पाण्डे यसै क्षेत्रमा एमालेबाट पटक पटक निर्वाचित भएका थिए ।
२०७४ को निर्वाचनमा भने पाण्डे एमालेबाट प्रदेशसभामा निर्वाचित भएका थिए भने भुमि त्रिपाठी प्रतिनिधिसभामा निर्वाचित भएका थिए । एमालेबाट छुट्टिएर नेकपा एसमा लागेका पाण्डे यसपटक धादिङबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |