धादिङ,०९ मंसिर ।
धादिङ जिल्लाको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
मंसिर ४ गते सम्पन्न निर्वाचनको ५ गतेदेखी सुरु भएको मतगणना बिहिबार साँझ सकिएको हो । १३ पालिका,१०४ वडा रहेको धादिङमा दुई प्रतिनिधि सभा र चार प्रदेश सभा रहेको छ ।
दुवै प्रतिनिधि सभामा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। जसमा क्षेत्र नं १ बाट नेकपा एसका राजेन्द्र पाण्डे निर्वाचित भएका छन् भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका रामनाथ अधिकारी निर्वाचित भएका छन् ।
क्षेत्र १ प्रतिनिधि सभा सदस्यमा नेकपा एसका पाण्डेले एमालेका भुमि त्रिपाठीलाई ७ हजार ९८१ मत अन्तरले हराए। पाण्डेको ३५ हजार ९३४ मत आउँदा त्रिपाठीले २७ हजार ९५३ मत प्राप्त गरे ।
क्षेत्र २ प्रतिनिधि सभा सदस्यमा काँग्रेसका रामनाथ अधिकारीले नेकपा एमालेका खेम लोहनीलाई १० हजार ५३३ मत अन्तरले हराउदै बिजयी भए। अधिकारीेलेको ३४ हजार ४८३ मत ल्याए भने एमालेका लोहनीले २३ हजार ९५० मत प्राप्त गरे ।
यसैगरी क्षेत्र १ को प्रदेश सभा क मा काँग्रेसका मधुकुमार श्रेष्ठले एमालेका रमेश आचार्यलाई पराजित गरे । श्रेष्ठले १७ हजार ८३२ मत ल्याउँदा आचार्यले १६ हजार ५३८ मत पाए ।
प्रदेश सभा (ख) बाट माओवादीका शालिकराम जम्मकटेल निर्वाचित भएका छन् । उनले एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२७ मत अन्तरले हराएका हुन् । जम्मकटेलको १९ हजार ९०३ मत आउँदा थपलियाको १२ हजार ४७६ मत आएको छ ।
यस्तै क्षेत्र २ को प्रदेश सभा ‘क’ मा नेपाली काग्रेसका गोबिन्द लम्साल बिजयी भएका छन् । लम्साल २ हजार ७८० मतान्तरले बिजयी भएका हुन्। लम्सालले १९ हजार ४१९ मत प्राप्त गरे ।उनका प्रतिस्पर्धी निवर्तमान प्रदेश सांसद नेकपा एमालेका डा.रामकुमार अधिकारीले १६ हजार ४२२ मत प्राप्त गरे।
क्षेत्र २ को प्रदेश सभा ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डम्बर तामाङ १३१ को झिनो मतान्तरले बिजयी भए् । तामाङले १४ हजार ४८१ प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जगतबहादुर सिंखडाले १४ हजार ३५० प्राप्त गरे ।
जिल्लाको क्षेत्र १ मा प्रतिनिधि तर्फ एमाले राप्रपाको गठबन्धन थियो भने प्रदेशमा एमाले एक्लै चुनावी मैदानमा थियो । क्षेत्र २ मा प्रतिनिधि तथा प्रदेश तर्फ नै एमाले राप्रपाको गठबन्धन थियो ।सत्ता गठबन्धनका तर्फबाट दुबै क्षेत्रको प्रतिनिधि र प्रदेशमा नै नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एसको गठबन्धन रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |