धादिङ,१२ मंसिर ।
धादिङमा प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ । दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो बनेको छ ।
एमालेले समानुपातिकमा क्षेत्र नं १ मा २४ हजार ८१३, क्षेत्र नं २ मा १६ हजार २७५ गरी ४१ हजार ८८ मत प्राप्त गरी पहिलो पार्टी बनेको छ।
यस्तै दोस्रोमा रहेको नेपाली काग्रेसले क्षेत्र नं १ मा १६ हजार ५६७, क्षेत्र नं २ मा २० हजार ९५७ गरी कूल ३७ हजार ५२४ मत प्राप्त गरेको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ ।
तेस्रोमा रहेको माओवादी केन्द्रले क्षेत्र नं १ मा १५ हजार ७९४, क्षेत्र नं २ मा ११ हजार ४९४ गरी २७ हजार २ सय ८८ मत प्राप्त गरेको छ भने रवि लामिछाने नेतृत्वको रास्वपाले १५ हजार ७ सय ५५ मत प्राप्त गरी धादिङमा चौथो पार्टी बनेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले क्षेत्र नं १ मा २ हजार ४२३, क्षेत्र नं २ मा ७ हजार ६३० गरी कुल १० हजार ०५३ मत ल्याएर पाँचौ भएकोे छ भने देशैभर समानुपातिक मतपरिणाममा कमजोर बनेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको चुनाव चिन्ह कलमलाई धादिङमा पनि कम मत प्राप्त भएको छ । नेकपा एकीकृत समाजवादीको कलम चिन्हले धादिङको क्षेत्र नं १ मा ६ हजार ३५, क्षेत्र नं २ मा २ हजार ३९४ गरी ८ हजार ४२९ मत प्राप्त गरेको छ ।
दुई लाख ६५ हजार बढि मतदाता रहेको धादिङको क्षेत्र नं १ मा ८१ हजार ११३, क्षेत्र नं २ मा ७० हजार ११९ गरी कुल १ लाख ५१ हजार ३१२ मत खसेको थियो । खसेको मतमा ६ हजार ४६१ मत बदर भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |