आमनिर्वाचन २०७९ मा बदर मतको संख्या उच्च देखिएको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा देशभर लाखौंको संख्यामा मतपत्र बदर भएका हुन् । डोटी, मकवानपुर र नुवाकोटलगातका जिललाहरुमा ठूलो संख्यामा मतपत्र बदर भएको पाइएको हो ।
ठूलो मात्रामा मतपत्र बदर हुनुमा मतदाता शिक्षाको अभाव नै प्रमुख कारण देखिन्छ । देशका शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढीजसो मतपत्र बदर हुनुले पनि मतदाता शिक्षाको पहुँचमा समस्या देखिँदा यस्तो भएको आंकलन गर्न सकिन्छ ।
आमनिर्वाचनमा नुवाकोटमा झण्डै ७ प्रतिशत मत बदर भएको पाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा खसेको एक लाख ३० हजार १०१ मत खसेको थियो । उक्त मतगणनामा आठ हजार ९१९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
देशभर यसरी मतपत्र बदर हुनुमा निर्वाचन आयोग र राजनीतिक दल तथा उम्मेदवारहरूले मतदाता शिक्षा प्रभावकारी बनाउन मेहनत नगरेको देखिन्छ । मतदान गर्ने सही तरिका सिकाउन नसक्दा र निर्वाचनमा खटिएका मतदान अधिकृतको लापरबाहीले बदर मत संख्या अपेक्षाभन्दा धेरै देखिएको छ ।
आमनिर्वाचन २०७९ मा मत बदर हुनुमा मतदाताले एकभन्दा बढी चुनाव चिह्नमा संकेत गरेको, स्वस्तिक छापको सट्टा ल्याप्चे लगाएको, मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगरेको, मतदातालाई संघ र प्रदेशको एउटै मतपत्र एकभन्दा बढी पटक दिएको लगायतका कमजोरी देखिएका निर्वाचन आयोगले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |