धादिङ,२५ मंसिर ।
प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ ।दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन् ।
निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ। दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन ।
धादिङबाट मात्रै विभिन्न पार्टीबाट ५ जना समानुपातिक सांसद बनेका छन् । धादिङबाट मात्रै प्रत्यक्षबाट ६ र समानुपातिकबाट ५ सहित ११ जना सांसद बनेका छन् । जसमा प्रतिनिधि सभामा ५ जना र बागमती प्रदेश सभामा ६ सांसद रहेका छन् ।
मुख्य तीन ठुला एमाले, कांग्रेस र माओवादीले जिल्लाबाट प्रतिनिधि सभातर्फ समानुपातिकमा सांसद चयन गर्न सकेनन् ।कांग्रेसबाट संघमा १ र प्रदेश ३ गरी ४, राप्रपाबाट संघमा २ प्रदेशमा १ गरी ३, एकीकृत समाजवादीबाट संघमा १ र प्रदेशमा १ गरी २, रास्वपाबाट संघमा १ जना र माओवादी केन्द्रबाट प्रदेशमा १ जना सांसद रहने छन् ।
जिल्लाकै ठुलो दल एमालेले प्रत्यक्ष र समानुपातिक दुबैबाट एक जना सांसद समेत बनाउन सकेन ।संघमा प्रत्यक्षबाट एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, नेपाली काँग्रेसका रामनाथ अधिकारी, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का बुद्धिमान तामाङ र विना लामा गरी ५ जना सांसद छन् ।
यस्तै बागमती प्रदेश सभामा प्रत्यक्षबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल, काँग्रेसका मदुकुमार श्रेष्ठ, गोविन्द लम्साल र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डम्बर तामाङ रहेका छन् भने प्रदेश सभामा समानुपातिकतर्फ कांग्रेसका शिवराज अधिकारी, एकीकृत समाजवादीकीे मायादेवी शर्मा चयन भएकी छिन् ।
प्रतिनिधि र प्रदेश सभा गरी ११ सांसद पाएको महिला दुईजना रहेका छन् भने दलित शुन्य रहेको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |