धादिङ,१० माघ ।
बाग्मती प्रदेश सरकारले मन्त्रालय घटाउने भएको छ । राजेन्द्र पाण्डे नेतृत्वको सरकारले ८ मन्त्रालयलाई बढाएर बनाएको १४ वटा मन्त्रालय घटाएर ११ वटामा झार्ने भएको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पहिले मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम गरिने बताउनु भएको हो । अब आजदेखि भने मन्त्रालय घटाएर मात्र मन्त्रिपरिषद् विस्तारको काम सुरु गरिने पनि जम्मकट्टेलले बताउनुभयो ।
आज बेलुका पाँच बजे बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउने निर्णय गरिने प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताउनुभयो ।
भोलि अथवा पर्सिमा मन्त्रिपरिषद् विस्तारको काम पनि गरिने उहाँले बताउनुभयो । कुन दलले कति मन्त्रालय पाउने र कोको मन्त्री बन्ने भन्नेकुरा उहाँले खुलाउनु भएन । सांसद सङ्ख्याका हिसाबले एमालेले सबैभन्दा धेरै मन्त्रालय पाउने बुझिएको छ ।
११० सदस्यीय प्रदेश सभा सदस्य रहेको बाग्मतीमा यसपटक माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएसँगै ३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपाका उद्धव थापा विना विभागीय मन्त्री हुनुहुन्छ । अब मन्त्रालय घटाएर मन्त्रीहरु थप्ने काममा मुख्यमन्त्री लाग्नु भएको छ ।
अहिले मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत गरी १३ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले सम्हाल्दै आउनु भएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |