

धादिङ,२२ माघ ।
आज प्रेस चौतारीको स्थापना दिवस,दिवसको अवसरमा धादिङबेशीमा छलफल तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको शुभेच्छुक संस्था प्रेस चौतारीको आज २५ औं स्थापना दिवसको अवसरमा धादिङबेशीस्थित मदन आश्रित स्मृती भवनमा छलफल तथा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा एमाले धादिङका इञ्चार्ज खेम लोहनीले पत्रकारको पेशागत सुरक्षा र व्यवसायिकताबारे चिन्ता ब्यक्त गर्दै थप मर्यादित बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागिहरुले पत्रकारितालाई थप मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् ।
प्रेस चौतारी धादिङका अध्यक्ष सानुबाबु तिमिल्सीनाको अध्यक्षतामा भएको छलफल तथा चियापान कार्यक्रममा लोहनीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा एमाले धादिङका सहइञ्चार्ज जानुका सिंखडा, एमाले बागमती प्रदेश सदस्य गंगा श्रेष्ठ, एमाले धादिङका सचिव अर्जुन श्रेष्ठ (गोर्खाली), सहसचिव राधिका सापकोटा, प्रेस चौतारीकी केन्द्रिय सदस्य गायत्री खतिवडा,सिताराम अधिकारी, प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।लगायतको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |