धादिङ,१४ फागुन ।
नेकपा एमाले धादिङको मिसन ग्रासरुट अभियान जारी रहेको छ । अभियान अन्तर्गत आज निलकण्ठ नगर कमिटीको बैठक सम्पन्न भएको छ। निलकण्ठ नगर कमिटीका अध्यक्ष हरि बहादुर श्रेष्ठको अध्यक्षता तथा एमालेका केन्द्रिय कमिटीका सदस्य कैलाश ढुंगेलको प्रमुख आतिथ्यमा बसेको बैठकले निलकण्ठ नगरपालिका भित्र गरिने कार्यक्रमको योजना तय गरेको छ ।
कार्यक्रममा बोल्नुहुँदै नेकपा एमाले प्रदेश कमिटीका सदस्य नरेश खतिवडाले बिगतको इतिहासलाई हेर्दा निलकण्ठ नगरपालिका भित्रका साबिकका गाबिसहरु नेकपा एमालेको आधारभुमी रहेको र अहिले पनि एमाले कमजोर नरहेको बताउनुभयो । दुई महिने ग्रासरुट अभियानले पार्टी कार्यकर्ता माझ रहेको तिक्तता, निराशा र मनमुटावको अन्त्य गराइ पार्टीलाई मजबुत बनाउन सहयोग गर्ने बताउनुभयो ।
मिसन ग्रासरुट अभियान अन्तरगत निलकण्ठ नगरपालिकाको जिम्मेवारी प्राप्त गरि खटिनुभएका नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य कैलाश ढुंगेलले पार्टी सुदृढीकरण र बिस्तार अभियान अन्तर्गत शुरु गरिएको यस अभियानले पार्टी भित्रको अन्तरबिरोधको अन्त्य गरि पार्टीलाई एक ढिक्का बनाउने बताउनु भयो । दुइ महिने अभियानमा प्रत्येक कार्यकर्ताको दैलोमाझ नेता पुग्ने र कार्यकर्ताको गुनासोहरुको सुनुवाइ गर्ने ब्यबस्था गरिने बताउनु भयो।
पार्टीको बैचारिक सैद्धान्तमा स्पष्टता पार्ने, एमाले पार्टी र अन्य पार्टीबीचको अन्तरबिरोध तथा जनप्रतिनिधि र पार्टी बीचको अन्तरसम्बन्ध, पार्टी सदस्यता नबिकरण तथा बिस्तार लगायतका बिषयमा प्रशिक्षण गरिने बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले निलकण्ठ नगरकमिटिका अध्यक्ष हरि बहादुर श्रेष्ठले निलकण्ठ नगरपालिकाभित्रको १४ वटै वडाको वडा स्तरमा गरिने कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |