

धादिङ,२७ फागुन ।
स्ववियु निर्वाचन अन्तरगत धादिङको नेत्रावती सामुदायीक क्याम्पसमा सभापतिसहित ५ पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित उक्त क्याम्पसको स्ववियु सभापति मा अखिल (क्रान्तिकारी) बाट सिता तिमल्सिना सभापति सर्वसम्मत चयन हुनुभएको छ।
यस्तै अनेरास्ववियुका तर्फबाट उम्मेदवार भएका सचिव सहित ४ जना सर्वसम्मत निर्वाचित भएका छन् । स्ववियु निर्वाचनको मनोनयन दर्ताको समयमा अन्य व्यक्तिको उम्मेदवारी नपरेका कारण सर्वसम्मत भएको हो ।
सचिवमा अनेरास्ववियुका उम्मेदवार कोपिला अधिकारी, सहकोषाध्यक्षमा दुर्गा परियार, सदस्य सन्तोष धरेल र सदस्यमा विनोद धरेल सर्वसम्मत निर्वाचित भएका छन् । अनेरास्ववियुले अनेरास्ववियु(क्रान्तिकारी)संग गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |