

धादिङ,२९ फागुन ।
राष्ट्रिय युवासंघ नेपाल धादिङले व्यक्तीको नाममा भएको जग्गा स्थानीय सरकारको नाममा ल्याउन माग गरेको छ ।सोमबार एक प्रेस वित्रप्ती प्रकाशन गर्दै रुवी भ्याली गाउँपालिका वडा नम्बर १ मा भएको अनियमितताको भण्डाफोर गरेको छ ।
रुवी भ्याली गाउँपालिका वडा नम्बर १ मा लिंजो स्वास्थ्य इकाइ भवन, लिंजो खेलकुद मैदान, पुरु महिला सामुदायिक भवन, पुरु वडा सम्पर्क कार्यालय भवन, लब्दुङ महिला सामुदायिक भवन, वडा कार्यालय भवन सार्वजनिक स्थान वा सम्बन्धीत सार्वजनिक निकायको नाममा हुनु पर्नेमा नभएको र व्यक्तीको नाममा भएकोले अबिलब्ध स्थानीय सरकारको नाममा ल्याउन माग गरेको छ।
सार्वजनिक निकायका भवनहरु व्यक्तिको नाममा हुन नहुने भएपनि यसअघिका वडा अध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता र नातेदारको नाममा सार्वजनिक निकायको संरचना निर्माण गरेको आरोप लगाउँदै स्थानीय सरकारको नाममा नल्याए संघर्षका कार्यक्रम गर्ने राष्ट्रिय युवा संघका जिल्ला सचिव हरीशरण जमकट्टेल र बागमति प्रदेश कमिटि सदस्य पिटर तामाङले हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |