

धादिङ,०३ चैत ।
धादिङबेशीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मिति सरेको छ ।
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको लागि क्याम्पसमा दर्ता भएका सबै विद्यार्थी संगठनहरुको सहमति तथा क्याम्पस सञ्चालक समितिको अनुमतीमा निर्वाचनको मिति तीन दिन पछि चैत ८ गतेका लागि सारिएको छ ।
साथै निर्वाचनको प्रचारप्रसारको अवधि चैत ५ गते राति १२ बजेसम्म कायम गरिएको नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो ।
त्रिविको स्ववियु निर्वाचन कार्यतालिका अनुसार आजबाट मौन अवधि सुरु हुने र चैत ५ गते मतदान गर्नुपर्ने थियो । तर,निर्वाचन प्रक्रियामा आपत्ति जनाउदै अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र प्रजातान्त्रिक विद्यार्थी संगठनले क्याम्पसमा २ पटकसम्म तालाबन्दी गरेका थिए ।
तालाबन्दीपछि नेविसंघ बाहेक अन्य विद्यार्थी संगठनले प्रचारप्रसार पनि गरेका थिएनन् । अहिले प्रचार प्रसार गर्ने समयलाई समेत ध्यानमा राखेर निर्वाचनको मिति सारिएको विद्यार्थी नेताहरुले बताएका छन् ।
नीलकण्ठको स्ववियु सभापतिमा नेवि संघबाट कविराज श्रेष्ठ, अनेरास्ववियुबाट आमोस थापा तामाङ, अनेरास्ववियू (क्रान्तिकारी) बाट श्रीकृष्ण रिजाल, प्रजातान्त्रिक विद्यार्थी संगठनको रोमिका तामाङ चुनावि मैदानमा छन् ।
जिल्लाको अन्य क्याम्पसहरुमा भने त्रिविको स्ववियु निर्वाचन कार्यतालिका अनुसार निर्धारित मितिमा नै मतदान हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |