

धादिङ,०६ चैत ।
सरकारले किसानलाई रासायनिक मलमा दिंदै आएको अनुदान घटाएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले ज्ञापनपत्र बुझाएको छ ।
मलमा गरिएको मुल्य वृद्धि र अनुदान कटौतीको विरोध गर्दै सोमबार राप्रपा धादिङले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका अध्यक्ष ध्रुव प्रसाद खनालको नेतृत्वमा गएको टोलिले सहायक प्रमुख जिल्ला अधिकारी रामहरी शर्मालाई ज्ञापन पत्र बुझाएका हुन् । बाली लगाउने बेलासम्म मलको अभाव व्यहोर्दै आएका कृषकलाई मुल्यवृद्धिले झनै मारमा परेको ज्ञापन पत्रमा भनिएको छ ।
रासायनिक मलमा अनुदान कटौती र मुल्यवृद्धिको विरोधमा राप्रपाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । अन्तराष्ट्रियस्तरमा मलमा भएको मुल्यवृद्धि र विनिमय दलमा भएको वृद्धिले अनुदान उपलब्ध गराउन मलको लागत अत्यधिक बढेको जनाउंदै सरकारले किसानले पाउने अनुदान रकम घटाएको हो ।
बढ्दो खरिद लागतका कारण अर्बौं रुपैया बजेट मलमै खर्चिनुपरेको कारण सरकारले मलको समग्र अनुदान ११ दशमलव ८ प्रतिशतले घटाउने निर्णय गरेको थियो ।
तर सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |