बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने बताउनुभएको छ ।
बिहिबार कोषद्धारा सञ्चालित पाँच आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताउनुभएको हो।
उहाँले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताउनुभयो । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताउनुभयो ।
कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न समक्ष रहने उहाँको भनाइ थियो । कोषमा रहेर पाँच आयोजना सञ्चालन गरिएको थियो ।
तीमध्ये दुई सम्पन्न भएको र तीन वटा सम्पन्नको तयारीमा छन् । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टलप्लेटसम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिनुभयो ।filephoto
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |