

पोखरा,२४ भदौ।
नेकपा (एमाले) धादिङ–पोखरा सम्पर्क मञ्चको अध्यक्षमा गोकर्ण अधिकारी चयन भएका छन्।
शनिबार भएको मञ्चको १२ औं साधारणसभा तथा छैटौं अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रामकुमार घिमिरे, उपाध्यक्षमा यर्मीला तामाङ्ग र योगप्रसाद सापकोटा (नवराज), सचिवमा रामप्रसाद दुवाडी, सहसचिवमा कमल सापकोटा, विष्णुमाया श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा मनोज विशुन्के चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा सीता ढकाल कोइराला, टिकाराम अधिकारी, शरण रिजाल, बेलबहादुर तामाङ्ग, रामप्रसाद नेपाल, नमराज लामिछाने, सावित्री बराइली, रमेश भट्ट, निरमाया तामाङ्ग, रामहरि सारु मगर रहेका छन् ।
नवराज दुवाडी संयोजक, वीरबहादुर थापा र कृष्णबहादुर लम्सालल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उट्घाटन गर्नुभएको कार्यक्रममा एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारी, एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घले, एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल, मञ्चका पूर्व अध्यक्ष बेनी पाठक लगायतको आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |