

नेकपा एमालेको बाग्मती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । गएराति सकिएको मतगणनामा ढुङ्गेल ६९६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गर्नुभयो ।
यस्तै, उपाध्यक्षमा चितवनका दावा दोर्जे लामा ६१५ मतसहित निर्वाचित हुनुभएको छ । सचिवमा ललितपुरका नवराज सिलवाल एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँले ५६८ र अर्का प्रत्यासी हस्त पण्डितले ५६७ मत प्राप्त गर्नुभयो।
यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६मतले विजयी हुनुभएको छ । नेतृत्वले सर्वसम्मतिबाट प्रदेश कमिटी चयन गर्ने प्रयास असफल भएपछि हिजो मतदान भएको हो ।
प्रदेश कमिटीको २४५ पदमध्ये १६२ पदमा भने निर्विरोध निर्वाचित भएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |