धादिङ । नीलकण्ठ नगरपालिकाले धादिङबेसीमा भोलि शुक्रबार ‘युवा सीप,तालिम तथा रोजगार मेला’ आयोजना गर्दै छ ।
युवासँग उप–प्रमुख कार्यक्रम अन्तर्गत हुन लागेको मेलाको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।
मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक विकास मन्त्री डि.पि अर्यालले गर्नुहुने विश्वकर्माले बताउनुभयो ।
मेलाले रोजगारीको खोजिमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उधमशीलता तथा स्वरोजगारका अवसरका वारेमा ज्ञान आर्जन गर्न, हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषयविज्ञसँग अन्तरसंवाद गर्न, व्यवसाय दर्ता नविकरण र सञ्चालन सम्वन्धि परामर्श प्रदान गर्न तथा रोजगारी खोज्ने र दिनेहरुकाबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रबर्दन गर्न कोशे ढुङ्गा हुने उपप्रमुख विश्वकर्माले बताउनुभयो ।
मेलाका आकर्षणहरुमा सीपमुलक तालिम दिने संस्थाहरूको स्टल रहने, रोजगारदाताहरूको स्टल रहने, रोजगार लिने र दिने बिचमा साक्षत्कारको अवसर प्रदान गरिने र स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा विशेष साँस्कृतिक प्रस्तुती पनि रहने उपप्रमुख विश्वकर्माको भनाई छ ।
धादिङबेसीस्थित नीलकण्ठ बाल मन्दिर माविमा हुने मेलामा सरकारी, निजी, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने बताईएको छ ।
यो पनि पढ्नुहोस्
युवा सीप,तालिम तथा रोजगार मेला आयोजना गर्दै नीलकण्ठ नगरपालिका (भिडियो सहित)
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |