काठमाडौँ,१२ असोज ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबारदेखि जिल्लास्तरीय पुरुष डबल्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
जिल्लाभरका ब्याडमन्टिन खेलाडी सहभागी रहेको प्रतियोगिताको कञ्चनपुरको बेदकोट नगरप्रमुख भोजराज बोहराले शुभारम्भ गर्दै ग्रामीण स्तरबाट नयाँ खेलाडी उत्पादनमा जोड दिनुभयो । “खेलकुद स्वास्थ्यसँगै राष्ट्रका लागि पनि खेलिने भएकाले प्रतिभावान् खेलाडी उत्पादनमा लाग्नुपर्छ । जिल्लामा प्रशिक्षक बिना पनि खेलाडीहरु प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु गौरवको विषय हो ।”
उहाँले खेलकुदको विकासका लागि बेदकोट नगरपालिका पनि सरोकारवाल निकायसित सहकार्य गर्न तयार रहेको बताउँदै निकट केही समयमै नगरपालिकाले मेयर कप खेलकुद प्रतियोगिता आयोजना गरिरहेको जानकारी दिनुभयो । बडादसैँ तथा शुभ दीपावलीका अवसर पारेर यहाँस्थित कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा सुरु भएको प्रतियोगितामा महेन्द्रनगर, झलारी, दैजीलगायतका क्षेत्रका खेलाडी सहभागी छन् ।
त्यस्तै प्रतियोगिता संयोजक शेरबहादुर सिंहले प्रतियोगितामा ५० टोली सहभागी रहेको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद र ट्रफीसहित पुरस्कृत गरिने बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु २१ हजार, द्वितीय हुनेलाई रु ११ हजार र तृतीय हुने टोलीलाई रु पाँच हजार एक सयसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |