धादिङ,२६ कात्तिक ।
धादिङमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा आगामी मंसिर २१ गतेदेखी सदरमुकामस्थित धादिङबेसीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता गर्ने निर्णय भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो।
भलिबल खेलको प्रबद्र्धन र विकास गरी जिल्लाका खेलाडीहरु पहिचान गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताउनुभयो ।
जिल्ला भित्रका खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने अध्यक्ष गुरुङले बताउनुभयो ।प्रतियोगितामा सहभागि हुन एक टिममा १२ जना मात्र हुनुपर्ने, टिम कोच १–१ जना र १ टिम म्यानेजर हुनुपर्ने गुरुङको भनाई छ ।
खेलाडीको जर्सिमा अगाडी पछाडी अनिवार्य नम्बर लेखेको हुनुपर्ने र लिब्रोको जर्सीको रङ अरु खेलाडीको भन्दा फरक हुनुपर्ने प्रावधान रहेको जिल्ला भलिबल संघले जनाएको छ।
फाईल तस्विर
तस्विर : धादिङको सिद्धलेक–२ नलाङमा भएको भलिबल प्रतियोगिता
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |