धादिङ,२१ मंसिर ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा आजदेखी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।
सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री ढकालले खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताए। खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँघुरो भएको भन्दै उहाँले खेलकुदमा स्पष्ट लगानीको खाँचो रहेको बताए । ढकालले धादिङमा खेलकुद क्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
जिल्ला भलिबल संघ धादिङका अध्यक्ष तिलक गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री ढकालको प्रमुख आतिथ्य तथा धादिङबाट नवनिर्वाचित बागमती प्रदेश सांसद गोविन्द लम्सालको बिशेष आतिथ्य रहेको थियो ।
भलिबल संघ धादिङका उपाध्यक्ष अमृत तामाङको स्वागत रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्मा,माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी खेलकुद विकास समिति अध्यक्ष प्रताप तामाङ, काँग्रेस धादिङका सचिव विकास श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भलिबल संघ धादिङका महासचिव विकास कोईरालाले गरेका थिए।
तिन दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज ज्वालामुखी गापा बि, खनियाबास गापा र सिद्धलेक गापा बिजयी भएका छन् ।
उद्घाटन खेलमा ज्वालामुखी बि ले धादिङ भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्यो भने दोस्रो खेलमा खनियाबासले गल्छीलाई पराजित गर्यो । आजै भएको तेस्रो खेलमा सिद्धलेकले नीलकण्ठलाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |