धादिङ,२२ मंसिर ।
धादिङमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाईनका खेलहरु सम्पन्न भएको छ ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा हिजोदेखी जारी प्रतियोगिताको दोस्रो दिन आज क्वाटरफाईनका खेल सम्पन्न भएको हो । सिद्धलेक, रुवीभ्याली, गंगाजमुना र खनियाबास गाउँपालिका प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो क्वाटरफाइनल खेलमा नीलकण्ठ नगरपालिकालाई हराउँदै गंगाजमुना गाउँपालिकाले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा ज्वालामुखी गाउँपालिका टिम ए लाई हराउँदै खनियाबास गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ ।
यस्तै आजै भएको तेस्रो क्वाटरफाइनल खेलमा ज्वालामुखी गाउँपालिका टिम बि लाई हराउँदै सिद्धलेक गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ भने चौथोे क्वाटरफाइनल खेलमा गल्छी गाउँपालिकालाई हराउदै रुवीभ्याली गाउँपालिकाले समेत सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।
अब फाईनल प्रवेशको लागि भोलि शुक्रबार बिहान ८ बजे गंगाजमुना र खनियाबास गाउँपालिका भिड्ने छन् । दोस्रो सेमिफाईन खेल बिहान १० बजे सिद्धलेक गाउँपालिका र रवीभ्याली गाउँपालिकाबिच हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो । फाईनल खेल दिउँसो २ बजे हुनेछ ।
साथै प्रतियोगिताको समापनमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल आउने अध्यक्ष गुरुङले बताउनुभयो । जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बुधबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५५५ र तृतीय हुने टिमले २० हजार २२२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ धादिङका महासचिव विकास कोईरालाले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |