

धादिङ,०६ माघ ।
रामेछापमा जारी नेकोस बागमती प्रदेश स्तरिय पुरुष भलिबल प्रतियोगितामा धादिङ रामेछापसँग पराजित भएको छ । आज दिउँसो भएको सेमिफाईनल खेलमा धादिङ रामेछापसँग ३–१ को सेटमा पराजित भएको हो।
आजको खेलमा धादिङले रामेछापसँग पहिलो सेट २५–२३ ले गुमायो भने खेलको दोस्रो सेट २५–१४ ले गुमायो। त्यसैगरी खेलको तेस्रो सेट धादिङले २५–२३ आफ्नो पक्षमा पार्यो भने चौथो सेटमा धादिङ २५–१५ ले पराजित भयो। रामेछाप र चितवन फाईनल प्रवेश गरेका छन् । धादिङले अब तृतिय स्थानका लागि सिन्धुपाल्चोकसँग खेल्नेछ ।
नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीको आयोजनामा बुधबारदेखी रामेछापमा सुरु भएको प्रतियोगितामा ४ समुह बनाएर खेलाईएको थियो । समुह ए मा रहेको धादिङले नुवाकोटलाई जितेको थियो भने सिन्धुलीसँग हार व्योहोरेको थियो ।
क्वाटरफाईनलमा दोलखालाई हराउदै धादिङ सेमिफाईनल प्रवेश गरेको थियो । प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।
प्रतियोगितामा धादिङबाट अमन आले (सिद्धलेक), प्रदिप थापा (सिद्धलेक), विदुर इटनी (सिद्धलेक), शिरिस तामाङ (खनियाबास), मिलन घले (खनियाबास), मनोज श्रेष्ठ (गंगाजमुना), विजय गुरुङ (गंगाजमुना), मुक्ती तामाङ (रुबीभ्याली), सम्राट श्रेष्ठ (नीलकण्ठ) रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |