

धादिङ,१६ माघ ।
नीलकण्ठ नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि नीलकण्ठ माध्यमिक विद्यालयले जितेको छ। नीलकण्ठ नगरपालिकाको आयोजनामा धादिङबेसीमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण सहित नीलकण्ठ माविले उपाधि जितेको हो।
प्रतियोगितामा ७ स्वर्ण सहित बालमन्दिर दोस्रो, ५ स्वर्ण सहित चन्डेश्वरी मावि तेस्रो र ५ स्वर्ण सहित एड्भान्स एकेडेमीले चौथो हुन सफल भएको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।
स्वर्ण पदक बराबर भएपछि अन्य मापदण्डका आधारमा चण्डेश्वरी मावि तेस्रो भएको हो। प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्माले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको छ ।
शुक्रबारबाट सुरुभएको उक्त प्रतियोगिता आईतबार सम्पन्न भएको हो । २८ सरकारी र ५ निजी गरी ३३ माध्यामिक विद्यालय रहेको नीलकण्ठ नगरपालिकामा २१ वटा माविहरुले भाग लिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |