धादिङ,१८ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका ३ डुमिडाँडामा रहेको अमर आदर्श माध्यमिक विद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आईतबारदेखी सुरु भएको विद्यालयको ३९ औ बार्षिकोत्सव, अभिभावक भेला तथा खेलकुद कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर पुलामीको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आथित्यता तथा उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रको विशेष आथित्यता रहेको थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी सलाङका अध्यक्ष डिल्लि प्रसाद पाठक, वडा न ४ का अध्यक्ष झक बहादुर थापा मगर, सिद्धलेक गापाका शिक्षा शाखाका प्रास रामेश्वर पुडासैनि, शैक्षिक सहजकर्ता वलराम अधिकारी,बद्रि प्रसाद इटनी सुचना तथा प्रविधि शाखा प्रमुख राम कुमार अधिकारी,अभिभावक सघका अध्यक्ष तुला नारायण श्रेष्ठ,निवर्तमान विव्यस अध्यक्ष विर बहादुर आले लगाएतको आतिथ्यता रहेको थियो।
बार्षिकोत्सवको अवसरमा छात्र/छात्रा तर्फ अन्तर माध्यमिक विद्यालय भलिवल प्रतियोगिता समेत आयोजना गरिएको थियो । ५ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र/छात्रा तर्फ नै नलाङ पात्ले मावि प्रथम, आयोजक अमर आदर्श मा वि द्धित्तिय र छात्रतर्फ अकलादेवि मावि तृतिय भएको छ भने छात्रा तर्फ पञ्चमुखि मावि तृतिय भएको छ ।
प्रतियोगितामा सिद्धलेक–२ को नलाङ पात्ले मावि, नलाङ मावि र सिद्धलेक–३ को अमर आदर्श, अकलादेवि र पञ्चमुखि माविको सहभागिता रहेको थियो। प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र शिल्ड,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साथै बर्ष शिक्षक महेश अर्याल १९–१२ ,बर्ष शिक्षक ईसिडी–८ कोपिला थापा, अशोक श्रेष्ठ, पुर्व शिक्षक, पुर्व विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लगायत विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिनुका साथै विद्यालयमा स्थापना भएको अक्षयकोषमा ३ हजार भन्दा माथि चन्दा दान गर्नेहरुलाइ दोसल्ला र प्रमाण पत्रद्धारा सम्मान गरिएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले विद्यालयको विकास लागि सहयोग गर्ने बताउनुभयो ।साथै उहाँले बिद्यालय परिसरमा निर्माधिन मन्दिरको लागि व्यत्तिगत रुपमा २० हजार सहयोग गर्नुभएको छ ।
२०४० सालमा अध्यापन सुरु भएको सो विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा अहिले २ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन ।
धेरै चन्दा दान गर्नुहुने व्यक्तिहरुको नामावली
टोप बहादुर श्रेष्ठ २५००००
चेत बहाद
चेत बहादुर नेपाली ४३५०६
परशुराम खतिवडा १५०००
कमला शर्मा ५०००
सानु गिरि ५०००
जिवन आचार्य ४५००
सुदिप खतिवडा ३५००
एक बहादुर आले मगर ५१००
रेशम सुयल मगर ३०५०
तिलक थापा मगर १२२४५
खम बहादुर मगर ११०००
बम बहाद
बम बहादुर मगर ५०००
खड्ग बहादुर आले ३२५०
हेम बहादुर थापा ३१५०
तारादेवि थापा ३१००
अशोक श्रेष्ठ ५७५०
देव बहादुर पुलामी ५०००
सुमित्राथापा ५०००
पुर्णिमा थापा ३०५०
बेधनिधि पाठक ५०००
गोपाल सिलवाल ३०००
प्रदिप खनाल ३०००
कमला विस
कमला विसुन्के ३०००
महेश अर्याल ४०४०
गोपाल पुलामी ९०००
डिल्लि प्रसाद पाठक ८०००
बद्रि इटनी ५०००
झम्क प्रसाद पाठक १०१३५
खड्ग बहादुर पुलामी ३०००
लोक बहादुर बल्कोटी ३४०५
सुर्योदय आ वि ४०१५
हरि कुवर ३०१५
प्रेम कुमारी थापा मगर ४०००
तुला नारायण श्रेष्ठ ३२००
दिपक श्रेष्ठ ९१००
भुपेन्द्र श्रेष्ठ ५५००
मिन नारायण श्रेष्ठ ३०००
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |