

धादिङ,२१ माघ ।
सिद्धलेक गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि सत्यवती माध्यमिक विद्यालयले जितेको छ ।
सिद्धलेक गाउँपालिकाको आयोजनामा सिद्धलेक गापा–४ स्थित सलाङघाटमा रहेको जलेश्वरी मा.विमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण सहित सिद्धलेक–७ को सत्यवती माविले उपाधि जितेको हो ।
सत्यवतीले ८ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको छ । प्रतियोगितामा ६ स्वर्ण सहित सिद्धेश्वर मावि दोस्रो भएको छ । सिद्धेश्वरले ६ स्वर्ण, ५ रजत पदक जितेको छ । त्यस्तै ४ स्वर्ण सहित महाकाली मावि तेस्रो भएको छ । महाकालीले ४ स्वर्ण,८ रजत र ४ कास्य पदक जितेको छ ।
चौथो भएको बाघबच्छलाले ३, नलाङ पात्लेले २, कालिदेबीले २, सुन्दरी, नलाङ मावि र जलेश्वरीले १/१ स्वर्ण पदक जितेको छ । प्रतियोगितामा बिजयी विद्यार्थीहरुलाई जिल्ला समन्यव समिति धादिङका प्रमुख नवराज अधिकारीले शिल्ड,प्रमाणपत्र र मेडलद्धारा पुरस्कृत गर्नुभएको छ । प्रथम, द्धित्तिय र तृतिय हुनेलाई क्रमश नगद २० हजार,१५ हजार र १० हजार प्रदान गरिएको छ ।
१ नीजी र १३ सरकारी गरी १४ वटा माध्यमिक विद्यालय सहभागि प्रतियोगितामा छात्र र छात्रा तर्फ भलिबल, कबड्डी, सटपुट, ज्याभ्लिन थ्रो, एथ्लेटिक्स,हाईजम्प, लङजम्प लगाएतको खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडाको अध्यक्ष्तामा भएको समापन समारोहमा जिसस प्रमुख अधिकारीको प्रमुख आतिथ्य तथा उपप्रमुख कुलमान विक,गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रशासकिय अधिकृत राममणी मिश्र, बिभिन्न वडाका वडाध्यक्षहरु,शैक्षिक सहजकर्ता बलराम अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
बुधबारबाट सुरुभएको उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगिताको बुधबार बागमती प्रदेशसभा सदस्य मधुकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |