धादिङ,२५ माघ ।
जिल्ला खेलकुद विकास समिति धादिङको भवन शिलान्यास गरिएको छ । बुधबार वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो ।
भवनको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले आफ्नो अघिल्लो कार्यकालमै निर्माण गर्ने भनिएको तर बजेट अभावका कारण नसकिएको बताउनुभयो । उहाँले खेलकुद विकास समितिको आफ्नै भवन भएपछि जिल्लाको खेलकुद र खेलाडीहरुको विकासमा टेवा पुग्ने बताउनुभयो । धादिङमा यो महत्वपुर्ण काम भएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले निर्माण कम्पनिलाई तोकिएको समयमा काम सक्न आग्रह गर्नुभएको छ ।
समयसिमा अघिनै सम्पन्न गरेमा निर्माण कम्पनिलाई प्रदेश सरकारले पुरस्कृत गर्ने पनि बताउनुभएको छ । प्रदेश सरकारले १ करोड विनियोजन गरेर टेन्डर आव्हान गरेसँगै भवनको निर्माण कार्य सुरु भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो ।
अहिलेकोे यो बजेटबाट भवनले पुर्णता नपाएपनि काम हुँदै गर्दा बागमती प्रदेश सरकारले थप वजेट विनियोजन गर्ने तामाङको भनाई छ । शिलान्यास कार्यक्रममा माओवादी केन्द्र वागमती प्रदेशका सहसचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी,जिल्ला खेलकुद विकास समितिका सदस्यहरु तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |