धादिङ,२५ माघ ।
सदरमुकाम धादिङबेशीमा ३ महिने फुटबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
खेलकुदलाई अगाडी बढाउन र स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले निलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङ फुटबल क्लबले बुधबारदेखी निःशुल्क फुटबल प्रशिक्षण कार्यक्रम सुरु गरेको हो ।
प्रशिक्षण कार्यक्रम धादिङबेशीस्थित खुल्ला मञ्चमा दैनिक साँडे दुई घण्टा सञ्चालन हुने धादिङ फुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो। फुटबलको विकासका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको भन्दै उहाँले प्रशिक्षणमा जिल्लाभरका इछुक व्यक्तिहरु सहभागि हुन सक्ने बताउनुभयो ।
उहाँले जिल्लामा ११ ए साइड प्रतियोगिता गर्न नसकेपनी छिट्टै ९ ए साइड खेलाउने र राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने बताउनुभयो ।साथै खेलाडीको लागि डाइटको समेत व्यवस्था गरिने उहाँको भनाई छ ।
धादिङ फुटबल क्लबका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यबाहक मेयर वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको प्रमुख आतिथ्य तथा कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत नारायण वाग्ले, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रताप सिं तामाङ, पत्रकार महांसघ धादिङका अध्यक्ष राजाराम शर्मा, एन्फा धादिङका उपाध्यक्ष राजन भण्डारी,प्रवक्ता किरण पाठक,खेलकुद कार्यालय प्रमुख रमेशमान तुलाधर, तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरी लगाएतको आतिथ्य रहेको थियो ।
प्रशिक्षणका लागि आवश्यक पर्ने खेलकुदका सामाग्रीहरू क्लबले व्यवस्थापन गरेको छ । प्रशिक्षण अखिल नेपाल फुटबल संघ (एन्फा) धादिङका प्रशिक्षक रवि भण्डारीले दिनुहुनेछ । प्रशिक्षण कार्यक्रम २०८० बैशाख २५ गतेसम्म जारी रहनेछ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |