धादिङ,०६ फागुन।
महाशिवरात्रिको अवसरमा धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित नलाङमा मिनि म्याराथुन प्रतियोगीता हुने भएको छ ।
“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने नाराका साथ चक्रदेवी सामुदायिक समाज नेपाल, नलाङ मोडेल एकेडेमी, र द यिअर्ली ट्रष्ट एवं नेपाल एकेडेमीको संयोजनमा भोलि शनिबार नलाङ ठाँटी भञ्ज्याङदेखि सिद्धबाबा मन्दिरसम्म मिनि म्याराथुनको आयोजना गरिएको छ ।
प्रतियोगितामा ४ समुह बिभाजन गरिएको छ । जसमा पुरुष १५ वर्ष भन्दा माथी, महिला १५ वर्ष भन्दा माथी, पुरुष १५ वर्ष भन्दा मुनि र महिला १५ वर्ष भन्दा मुनि रहेको आयोजकले जानकारी दिएको छ ।
नलाङ ठाँटी भञ्ज्याङवाट बिहान ८ बजेबाट सुरु भई सिद्धबाबा मन्दिर सिद्धलेकमा समापन हुने दौडमा प्रथम, द्धितिय, तृतीय हुनेलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
सहभागिहरुलाई”TOGEHER FOR PROMOTING TOURISM AND CULTURAL HERITAGE” लेखिएको जर्सि वितरण गरिने र सहभागिहरुलाई सिद्धबाबा मन्दिरमा नास्ताको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |