धादिङ,१२ फागुन ।
धादिङबेशीमा आयोजित कलाकार र धादिङका पत्रकारबिचको मैत्रिपुर्ण फुटसल प्रतियोगितामा पत्रकारको टिम बिजयी भएको छ ।
नेपाल पत्रकार महासंघ धादिङले आयोजना गरेको मैत्रिपुर्ण खेलमा पत्रकारको टिमले कलाकारको टिमलाई १३–१२ गोल अन्तरले पराजित गरेको हो । बिजयी टिमलाई ट्रफि र मायाको चिनो पाएका छन् ।
महासंघले प्रतियोगितामा सहभागि कलाकारहरुलाई पनि मायाको चिनो प्रदान गरेको छ। यसैगरी नेपाल पत्रकार महासंघ धादिङलाई नीलकण्ठ ३ धादिङबेशीमा रहेको गोल्डेन आई एजुकेशन ईन्स्टिच्युट प्रालिले जर्सी प्रायोजन गरेको थियो।
त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल बागमती प्रदेशले बिजेता खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ । प्रतियोगितामा धादिङ फुटसल क्लब एकेडेमीका सञ्चालक गोपी कृष्ण भण्डारीले रेफ्रीको भूमिका निर्वाह गर्नुभएको थियो ।
आजदेखी धादिङबेशीमा शुरु भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशनको अवसरमा पारेर धादिङमा कलाकारहरुलाई स्वागत गर्दै पत्रकार र कलाकार विचको आत्मियता प्रगाढ बनाउन प्रतियोगीता आयोजना गरिएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताउनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |