

धादिङ,२९ फागुन ।
धादिङ जिल्ला उसु संघको अध्यक्षमा निराजु लामा चयन हुनुभएको छ ।
सोमबार धादिङबेशीमा सम्पन्न उसु संघको प्रथम अधिवेशन तथा सम्मेलनल लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसमा कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शिव बहादुर तामाङ, उपाध्यक्षमा सानुकान्छा लामा, सविचमा हरि तामाङ र कोषाध्यक्षमा सुयक्ष विक्रम राणा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लोके लामा, सुरज गुरुङ, लक्ष्मण लामा, भविष्य गुरुङ, अनु तामाङ र श्रीजना तामाङ चयन भएका छन् ।
धादिङ जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेसनमा उसु संघको केन्द्रिय सदस्य जंग बहादुर तामाङ, बागमती प्रदेश खेलकुद परिसद्को सदस्य अमृत तामाङ, तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरी, कबड्डी धादिङका अध्यक्ष रत्नेश यादव, थाक्रे गाउँपालिका वडा नं.३ का वडाअध्यक्ष विजय तामाङ लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले उसु खेलाडी खेलाडीको मर्म भावनालाई बुझेर अगाडी बढ्ने भन्दै संघको लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |