

धादिङ,३० चैत ।
धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा भएको अन्तरपालिका भलिबल प्रतियोगितामा खनियाबास गाउँपालिका प्रथम भएको छ ।
प्रथम राम बहादुर तामाङ(सेक्के) स्मृति कप अन्तरपालिका भलिबल प्रतियोगिता अन्तरगत बुधबार भएको फाईनल खेलमा रुवी भ्याली गाउँपालिकालाई पराजित गर्दै आयोजक खनियाबास गाउँपालिका प्रथम भएको हो ।
प्रथम भएको खनियावासले नगद १ लाख पुरस्कार सहित ट्रफी, मेडर र प्रमाणपत्र पाएको छ भने दास्रो भएको रुवी भ्यालीले नगद ७५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ५० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाएकोे छ । गंगाजमुना गाउँपालिका चौथो भएको छ ।वडा नं ५ का वडाअध्यक्ष रविन कुमार तामाङको अध्यक्षतामा भएकोसमापन समारोहमा गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सेक्केमान तामाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।
खनियाबास गाउँपालिकाको आयोजनामा सोमबारदेखी सुरु भएको प्रतियोगितामा धादिङ र नुवाकोटका गरि ९ टिम सहभागी थिए । प्रतियोगिताको सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले उद्घाटन गर्नुभएका थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |