

धादिङ,०१ बैशाख ।
जिल्ला खेलकुद विकास समिति धादिङले बागमती प्रदेश राष्ट्रपति रनिङ शिल्ड खेल्ने धादिङका खेलाडीलाई विदाई गरेको छ ।
शुक्रबार धादिङ खेलकुदले एक कार्यक्रमको आयोजना गरी यहि बैशाख ३ देखि ५ गते सम्म काठमाडौंमा हुने बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि धादिङ जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई विदाई गरेको हो ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले खेलाडी, टिम कोच र व्यवस्थापकलाई जर्सी वितरण गर्नुभएको थियो ।

खेलाडीहरुलाई शुभकामना दिदैँ अध्यक्ष तामाङले प्रतियोगिताका लागि आवश्यक योग्य खेलाडी छनौट भएकाले खेलको नियम र अनुशासनलाई ध्यान दिँदै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न निर्देशन दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |