

धादिङ,१२ बैशाख ।
नुवाकोटको म्यागङ गाउँपालिका–५ मा भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी धादिङको सिद्धलेक गाउँपालिकाले जितेको छ ।
सामरीमा मंगलबार भएको फाईनल खेलमा नुवाकोटको तादी गाउँपालिकालाई पराजित गर्दै नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी सिद्धलेकले जितेको हो ।
उपाधी जितेसँगै सिद्धलेक गाउँपालिकाले नगद दुई लाख पाएको छ । दोस्रो भएको नुवाकोटको तादीले १ लाख र तृतिय भएको धादिङकै खनियाबासले ५० हजार हात प्राप्त गरेको छ ।
उपाधी जितेको सिद्धलेक गाउँपालिकाले नुवाकोटको पन्चकन्या, किस्पाङ गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका र धादिङकै खनियाबास गाउँपालिकालाई पराजित गर्दै फाईनल पुगेको सिद्धलेकका खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |