

धादिङ,३० बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका ४ स्थित आधारशिला बोर्डिङ स्कुलका १७ जना विद्यार्थी कराँतेमा ग्रेडिङ भएका छन् ।
शनिबार नीलकण्ठ स्पोर्टस क्लब अल्छिडाँडाको आयोजना तथा मनमईजु डोजोको सहयोगमा ग्रेडिङ गरिएको हो । २० जना विद्यार्थीले प्रशिक्षण लिँदै आएकोमा १७ जना ग्रेडिङमा परेका हुन् ।
जसमा ओरेन्ज बेल्डबाट ग्रिन बेल्डमा ३ जना,ग्रिनबाट ब्ल्युमा १२ र ब्ल्युबाट पर्पल बेल्डमा २ जना ग्रेडिङ भएका छन् । नीलकण्ठ स्पोर्टस क्लबका अध्यक्ष बिष्णु बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ ४ का वडाध्यक्ष हरि बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |