

धादिङ,०२ ज्येष्ठ।
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा जेठ ७ गतेदेखि १३ गते सम्म प्रतियोगिता हुने भएको हो ।मंगलबार हेटौँडामा प्रदेश खेलकुद विकास परिषद्ले पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा १३ खेलका विभिन्न विधामा खेलाडीबीच प्रतिस्पर्धा हुने परिषद्ले जनाएको छ । जसमध्ये फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौँडाका विभिन्न खेल मैदानमा खेलाइने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै उसु र जुडो काठमाडाँैमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवनमा खेलाइने भण्डारीले बताउनुभयो ।
प्रतियोगितामा विभिन्न बिधामा गरी एक हजार ७५ महिला, एक हजार चार सय २७ पुरुष खेलाडी, एक सय ७३ प्रशिक्षक, एक सय ४२ व्यवस्थापक र दुई सय ७६ निर्णायकको सहभागिता रहने सदस्य सचिव भण्डारीले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्नुहुने तय भएको र प्रतियोगीताका लागि रु नौ करोड ४२ लाख खर्च हुने भण्डारीले बताउनुभयो।
उक्त प्रतियोगिताको लागि धादिङ जिल्लाबाट भने ९ बिधाका खेलाडी सहभागी हुने भएका छन् ।
महिला/पुरुष दुबैतर्फ भलिबल, तेक्वान्दो, एथ्लेटिक्स, कँराते, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, उसु , क्रिकेट र फुटबलका खेलाडी सहभागी हुने धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |