

धादिङ,०७ श्रावण।
चितवन ब्याडमिण्टन प्रतियोगिता अन्तरगत पुरुष एकलतर्फको उपाधी धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले जितेका छन्।

चितवन जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा चितवन ब्याडमिण्टन संघको टेक्निकल सपोटमा भरतपुर कर्भडहलमा भएको ब्याडमिण्टन प्रतियोगितामा पुरुष एकलतर्फ धादिङका अध्यक्ष तामाङले जितेका हुन्।
तामाङले नुवाकोटका सन्तोष राईलाई पराजित गर्दै उपाधि जितेका हुन् ।यस्तै एकल तर्फ काठमाडौं खेलकुदका अध्यक्ष गणेश कक्षपती तृतिय भएका छन् ।

यसैगरी डबल तर्फ भने खेलकुद परिषद बागमती प्रदेश खेलकुद विकास परिषदका खेलाडीहरु प्रथम, चितवन दोस्रो र काठमाडौं तृतिय भए।
बागमती प्रदेशको १३ जिल्ला खेलकुद बिकास समितिहरुको अध्क्षय,कार्यालय प्रमुख, सचिब,बाग्मति प्रदेश खेलकुद बिकास परिषद सदस्य सचिब ,कार्यालय प्रमुख बिच भएको ब्याडमिन्ट्न प्रतियोगितामा एकल तर्फ ७ टिम र डबल तर्फ ७ टिम सहभागी थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |