

धादिङ,२७ श्रावण।
धादिङका मनोज श्रेष्ठ र अमन आले सहभागी टिम किंग्स क्लब किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शनिबार काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबमाथि जित निकाल्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
किंग्सले एपीएफलाई २५–१८, २५–२२ र २६–२४ अन्तरले ३–० को सोझो सेटमा पराजित गरेको हो ।
किंग्स क्लबमा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठ र सिद्धलेक गाउँपालिकाका अमन आले मगर सहभागी छन् ।
किंग्स क्लबले अब उपाधिका लागि धादिङकै नेत्रावती डवजोङ गाउँपालिकाका रविन नगरकोटी सहभागी नेपाल पुलिससँग खेल्ने छ।फाइनल खेल भोली आईतबार बिहान साढे ११ मा सुरु हुनेछ ।
किंग्ससँग पराजित भएको एपीएफले भने तेस्रो स्थानका लागि आइतबार नै गण्डकी प्रदेशसँग खेल्नेछ।पहिलो सेमिफाइनल खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउने छ। हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउने छ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |