

धादिङ,०७ भदौ।
जिल्ला खेलकुद विकास समिति धादिङको कार्यालय भवन उद्घाटन गरिएको छ।
बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले तोकिएको समयभन्दा अगाडी नै सम्पन्न गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले प्रदेशभित्रको ४ जिल्लाका खेलकुद विकास समितिलाई कार्यालय भवन निर्माणको लागि बजेट छुटाएकोमा भवन निर्माण सम्पन्न गर्ने धादिङ पहिलो भएको बताउनुभयो।
२ वटा जिल्लामा टेण्डर पक्रियामा नै नगएको र १ जिल्लामा टेण्डरमा गएर पनि काम अघि नबढेको बताउनुभयो । खेलक्षेत्रमा बागमती प्रदेश भित्र धादिङ जिल्ला खेलकुद गतिबिधिका हिसाबले अगाडि रहेको मुख्यमन्त्री जम्कट्टेलको भनाई थियो ।
उहाँले खेलकुद विकास समितिको आफ्नै कार्यालय भवन भएपछी जिल्लामा व्यवस्थित ढंगले खेलकुद गतिबिधि संचालन हुने र समिति मातहतमा रहेका सबै खेलकुद विधाहरु संगठित गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
बागमती प्रदेश सरकारले उक्त भवन निमार्णका लागि १ करोड विनियोजन गरेपनि ठेकेदार कम्पनी अन्नकन्या निर्माण सेवा प्रा.लिले ७१ लाखमा टेन्डर पारी भवन निर्माण सम्पन्न गरेको खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताउनुभयो।उहाँले भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिनुभयो।
अध्यक्ष तामाङको अध्यक्षमा भएको समारोहमा मुख्यमन्त्री जम्कट्टेलको प्रमुख आतिथ्य, संविधान सभा सदस्य धन बहादुर घले, बागमती प्रदेश सभा सदस्य मायादेवी शर्मा, धुनीबेशी नगरपालिका प्रमुख बालकृष्ण आर्चाय, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,,बिभिन्न कार्यालयका प्रमुखहरु,जिल्लाका बिभिन्न खेलकुद संघका अध्यक्षहरु,खेलाडी लगाएतको उपस्थिति रहेको थियो।
भवनको शिलान्यास गत माघ २५ गते मुख्यमन्त्री जम्कट्टेललेनै गर्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |