

धादिङ,१५ भदौ।
नेशनल किक बक्सिङ एसोसिसयन धादिङको अध्यक्षमा विनोद खतिवडा चयन भएका छन् ।
शुक्रबार गल्छी गाउँपालिका ७ मा सम्पन्न एसोसिसयनको पहिलो अधिवेशनले खतिवडाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा विष्णु खड्का, नमराज नेपाल र प्रकाश उप्रेती, सचिवमा रञ्जित अधिकारी, कोषाध्यक्षमा रविना वाग्लेलाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सुदिप खतिवडा, अरुण सुवेदी, आरम श्रेष्ठ, सुदिप बोहोरा, बालकृष्ण खतिवडा, मोहन खाती, प्रविण खतिवडा चयन भएका छन् ।
अध्यक्षमा चयन भएका खतिवडाले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको प्रमुख आतिथ्यता तथा नेशनल किक बक्सिङ एसोसिसयन नेपालका सचिव उत्तम श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |