

धादिङ । धादिङमा जिल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखी सुरु हुदैँछ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा आजदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए।
यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन्।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ । ज्वालामुखीको शुभारम्भ युवा क्लव, धुनीबेसीको धादिङ जेसिस, संवाहक युवा क्लव र वच्छलादेवि युवा क्लव, बेनीघाट रोराङको हाइवे स्पोर्ट्स क्लव, थाक्रेको देवाली छाप युवा क्लव, आहुती युवा क्लव र गजुरीको मुनाल एकेडेमी रहेको छ ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।जसमा उद्घाटन खेल सिद्धलेकको अरुणोदय युवा क्लव र थाक्रेको देवाली छाप युवा क्लवबिच हुने महासचिव थापाले बताए।
त्यस्तै दोस्रो खेल बेनीघाट रोराङको हाइवे स्पोर्ट्स क्लव र धुनीबेसीको धादिङ जेसिसबिच हुनेछ भने तेस्रो खेल धुनीबेसीको वच्छलादेवि युवा क्लव र थाक्रेको आहुती युवा क्लवबिच हुनेछ।
यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ ।लिगका लागि यसअघि नै १० टिम छनोट भईसकेका छन् ।नकआउट प्रतियोगिता सकिएपछी लिग सुरु हुने एन्फा धादिङका महासचिव थापाले बताए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |