भारतले एसिया कप २०२३ को फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै उपाधि जितेको छ । योसँगै भारतले एसिया कप आठौं पटक जितेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको श्रीलंका १६ ओभरमै अलआउट हुँदै ५० रनमा समेटिएको थियो। जसलाई भारतले ६.१ ओभर खेल्दै भेट्टाएको हो।
भारतका शुभमन गिल १९ बलमा ६ चौकासहित २७ रनमा नटआउट रहे । ईशान किशन १८ बलमा ३ चौकासहित २२ रनमा नटआउट रहे ।कोलम्बोस्थित प्रेमादसा रंगशालामा जारी खेलको टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५.२ ओभरमा ५० रनमै समेटिएको थियाे ।
घरेलु टिमलाई सस्तैमा समेट्न भारतका सिराजले ६ विकेट लिए। सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो। यसअघि उनले ३२ रन खर्चेर चार विकेट लिएका थिए।
श्रीलंकाविरुद्ध सिराजले चौथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए। यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराह एक विकेट लिए ।
भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |