धादिङ– धादिङ जिल्ला नकआउट फुटबल प्रतियोगिता थाक्रेको देवालीछाप युवा क्लवले जितेको छ।
गजुरी गाउँपालिकास्थित गलौदी खेलमैदानमा आज आईतबार भएको फाईनल खेलमा देवालीछाप युवा क्लवले धादिङ फुटबल क्लव नीलकण्ठलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
देवालीछापका खेलाडी अमित थापा क्षेत्रीले खेल सुरु भएको दुई मिनेटमै गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै देवालीछाप युवा क्लव जिल्ला लिगका लागि छनोट भएको छ ।
यो क्लबले अब अर्को वर्ष हुने जिल्ला लिग खेल्न पाउने जिल्ला फुटबल संघ धादिङका धादिङका महासचिव थापाले बताए।धादिङ जिल्ला फुटबल संंघका उपाध्यक्ष राजन भण्डारीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुुख आतिथ्यता रहेको थियो ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा बुधबारदेखी सुरु भएको प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरु सहभागी थिए।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |