धादिङ–संविधान दिवसको अवसरमा धादिङबेशीमा आज मैत्रीपूर्ण महिला भलिबल प्रतियोगिता हुदैछ।
जिल्ला भलिबल संघ धादिङले आज संविधान दिवसको दिन नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरेको भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो।खेल ११ बजेबाट सुरु हुने छ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका खाल्टेको प्रकाश मावि, बेनिघाट रोराङ गाउँपालिका मलेखुको बागेश्वरी मावि, सिद्धलेक गाउँपालिका सलाङघाटको जलेश्वरी मावि र धादिङ भलिबल ट्रेनिङ सेन्टर सहभागी हुने अध्यक्ष गुरुङले बताउनुभयो।प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र सान्त्वनाको लागि ट्रफि प्रदान गरिने छ ।
भलिबल खेलको विकास तथा महिला खेलाडी उत्पादन र खेलको माध्यमबाट मित्रता र आपसी सम्बन्ध कायम गराउन मैत्रीपूर्ण प्रतियोगिता आयोजना गरिएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष गुरुङको भनाई छ।file photo
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |