

एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले मंगोलियालाई तिन विश्व कीर्तिमानसहित ३ सय १५ रनको लक्ष्य दिएको छ।
नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन जोड्यो।नेपालका कुशल मल्लले एक सय ३७, रोहित पौडेलले ६१ र दीपेन्द्रसिंह ऐरीले ५२ रन बनाए।
नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाएको छ।यसअघि कुनै पनि टोलीले २ सय ७८ रनसम्म बनाएका थिए।
यस्तै नेपालका दीपेन्द्रसिंह ऐरी सर्वाधिक कम बलमा टी-२० अर्धशतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्। उनले १० बलमै अर्धशतक पुरा गरेका थिए।
कुशल मल्ल पनि सर्वाधिक कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्।उनले ३४ बलमा शतक पुरा गरे। यसअघि ३५ बलमा शतक पुरा गरेको विश्व कीर्तिमान थियो।file photo





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |